scheduleमगलवार कार्तिक २६ गते, २०७६

परराष्ट्रमन्त्री ज्ञवालीको भारतलाई आग्रह- सानो चित्त नबनाए मित्रता बलियो हुन्छ

फाइल फोटो

बैतडी, २१ कात्तिक । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छिमेकी भारतलाई सानो चित्त नबनाउन आग्रह गरेका छन् । कालापानी नेपालको भूमि भएको स्पष्ट पार्दै मन्त्री ज्ञवालीले यस्तो आग्रह गरेका हुन् ।

बिहीबार बैतडीको पञ्चेश्वर गाउँपालिकाले आयोजना गरेको वृहत राष्ट्र निर्माण महामहोत्सव २०७६ को उद्घाटन गर्न नेपाली सेनाको हेलिकप्टरमार्फत् बैतडीको पञ्चेश्वर पुगेका मन्त्री ज्ञवालीले भारतीय नाकाबन्दीपछि चिसो बनेको सम्बन्ध वर्तमान सरकारले सुधार गरेको स्मरण गराए । उनले भने, ‘भारतले सानो चित्त नबनाए नै हाम्रो मित्रता बलियो हुन्छ ।’

‘दुई देशबीचको मित्रतालाई अझ प्रगाढ बनाउन कुटनीतिक छलफलबाट समस्याको समाधान गरौं,’ उनले भने, ‘विश्वका सबै देशहरुसँग मित्रता गाँसेर नेपाल सम्वृद्धिको दिशामा अघि बढिरहेको छ । नेपाल विकसित राष्ट्र भयो भने भारतलाई समेत फाईदा हुन्छ । सीमा विवादमा झल्झिनु भनेको विकासलाई अवरोध गर्नु हो ।’

उक्त अवसरमा मन्त्री ज्ञवालीले पञ्चेश्वर परियोजनाको स्थालगत निरीक्षण समेत गरेका थिए । मन्त्री ज्ञवालीले महाकाली सन्धी अनुसार महाकालीको पानी समेत दुबै देशको आधाआधा भएको समेत जिकिर गरे ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage