scheduleबुधवार कार्तिक २७ गते, २०७६

चलचित्र ‘लिलिबिली’का निर्माता गोविन्द शाही पक्राउ

काठमाडौं, २१ कात्तिक । चलचित्र निर्माता गोविन्द शाहीलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको छ ।

काठमाडौं जिल्ला अदालतले चलचित्र निर्माणका क्रममा एक करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ पूर्जी जारी गरेपछि शाही बिहीबार पक्राउ परेका हुन्  ।

शाही चलचित्र ‘लिलिबिलि’ का निर्माता हुन् । शाहीसहित तीन जनाको समूहले एक वर्षअघि ‘लिलिबिली’ निर्माण गरेका थिए।

शाहीलाई बिहीबार नै कालिमाटी वृत्तको जिम्मा लगाइएको छ। यसअघि ४ भदौमा पनि उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले पक्राउ गरेको थियो ।

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage