scheduleसोमवार मंसिर २ गते, २०७६

आज हरिबोधनी एकादशी

काठमाडौं, २२ कात्तिक । आज कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशी । सनातम धर्मका अनुयायीहरुले आजको दिनलाई ठूलो एकादशीको रुपमा पूजापाठ गरी मनाउँदैछन् ।

पौराणिक कथाअनुसार यो समयमा विष्णु भगवान शयन अवस्थामा रहने हुँदा विवाह आदि कार्यहरु जुराउनु हुँदैन ।

तर, आजदेखि विष्णु भगवान शयनबाट ब्युझने हुँदा विवाह आदी शुभ कार्यहरुका लागि अब उत्तम मानिने गरिन्छ ।

त्यस्तै भगवान विष्णुको प्रतीक तुलसीको पनि आजै पूजाआज गर्ने गरिन्छ । आजको दिनलाई तुलसी विवाहको दिनको रुपमा समेत पुज्ने चलन छ ।

घरघरमा सजाइएको तुलसाको मठमा आज पवित्र विधि परम्परा अनुसार पूजा गरिन्छ । आजको दिन तुलसीको आयुर्वेद महत्वलाई समेत सम्झने गरिन्छ ।

आज काठमाडौं उपत्यकाका चार नारायणलगायत देशैभरका विष्णु मन्दिरमा भक्तजनको घुँईचो एवं विशेष मेला लागेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage