scheduleबुधवार कार्तिक २७ गते, २०७६

नेपाललाई कुवेतको जबाफः भुटानमा हुँदैन, अरु विकल्प खोज

काठमाडौं, २२ कात्तिक । भुटानमा खेल्न नेपालले गरेको प्रस्तावमा कुवेतले इच्छा नदेखाएपछि नेपाललाई समस्या पर्ने भएको छ ।

नेपालमा रंगशालाको तयारी समयमा निर्माण नभएका कारण विश्वकप छनोटको दोस्रो लेगको खेलका लागि नेपालले भुटानमा कुवेतसँग खेल्न प्रस्ताव गरेका थिए ।

एएफसीले रंगशाला खेल्नका लागि अयोग्य ठहर गरेपछि एन्फाले विकल्प खोजेको थियो ।

एएफसीको प्रतियोगिता समितिका प्रतिनिधि देङ सिओ लोङले रंगशालाको निरिक्षणपछि दशरथ रंगशालामा विश्वकप छनोटको खेल खेलाउन नसकिने बताएका थिए ।

रंगशालाको छानो र चेन्जिङ रुमलाई लिएर निरिक्षणमा आएका टोलीले गम्भिर ध्यानाकर्षण भएको जनाएको थियो ।

भुटानमा खेल्न नमानेपछि नेपालले अर्को विकल्प दिनुपर्ने भएको । अर्को विकल्प दिन एन्फाले पत्र पाइसकेको समेत छ ।

कुवेतले भिषा र यात्राको समस्याको कारण दिदै भुटानमा खेल्न नसकिने बताएको हो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage