scheduleसोमवार मंसिर २ गते, २०७६

माछा मार्ने डुङ्गामा आफ्ना १६ जना सहकर्मीको हत्या !

काठमाडौँ, २२ कात्तिक । माछा मार्ने डुङ्गामा आफ्ना १६ जना सहकर्मीको हत्या गरेको रहस्य बाहिर आएको छ । मिडिया रिपोर्टका अनुसार दुई उत्तर कोरियाली माझीलाई दक्षिण कोरियाले उक्त हत्याको आरोपमा उत्तरका अधिकारीहरूलाई जिम्मा लगाएको हो।

आरोपीहरुलाई दक्षिण कोरियाले नियन्त्रणमा लिएको थियो।

दक्षिण कोरियामा उत्तरतिरबाट भागेर आउनेलाई प्राय शरण दिने गरिएको तर, यसपटक भने हत्याको आरोप लागेपछि उनीहरुलाई उत्तरको जिम्मा लगाइएको हो ।

मिडिया रिपोर्टका अनुसार उनीहरूलाई शरण खोज्न आएका व्यक्तिका रूपमा भन्दा पनि अपराधी मानिएको छ ।

माछा मार्न प्रयोग हुने डुङ्गामा चढेर सीमा पार गरेको दुई दिनपछि उनीहरू पक्राउ परेका थिए।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage