scheduleबुधवार कार्तिक २७ गते, २०७६

‘डिसेम्बरमा बार्सिलोनाको प्रशिक्षक गालार्डो हुने दाबी’

काठमाडौं, २२ कात्तिक । बार्सिलोनाको खेल खस्किन थालेपछि प्रशिक्षक अरनेष्टो भलभरडे दबाबमा रहेका छन् । उनलाई बार्सिलोनाले बर्खास्त गर्नसक्ने सम्भानवा पनि उत्तिकै रहेको बताइएको छ ।

सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताउन महत्वपुर्ण भुमिका खेलका क्लाउडियो बोर्गीले आउने डिसेम्बरमा बार्सिलोनाले भलभरडेलाई बर्खास्त गरेर मार्सेलो गालार्डोलाई अनुबन्ध गर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘डिसेम्बरमा बार्सिलोनाले मार्सेलो गालार्डोलाई जिम्मेवारी दिनेछ । बार्सिलोनाको खेल अति नै खस्किएको छ ।’
गालार्डो बार्सिलोना क्लबका लागि फिट हुने उनले बताएका छन् । रिभर प्लेट क्लबका प्रशिक्षक विश्वकै उत्कृष्ट प्रशिक्षकहरुमध्येका एक भएको उनको दाबी छ ।

बार्सिलोनाले सही समयमा सही निर्णय लिनुपर्ने बताएका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage