scheduleबुधवार कार्तिक २७ गते, २०७६

भारतले नेपाली भूभागमै मन्दिर बनाउन दिएन, गाउँपालिकाको बजेट अलपत्र


दार्चुला, २२ कात्तिक । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग भारततिर पारेको घटनाले नेपालमा तरंग ल्याइरहेको छ । देशभक्त नागरिकहरु छिमेकी भारत र नेपालका राजनीतिक शक्तिसँग रुष्ट छन् ।

भारतको हेप्याईं प्रवृत्ति सीमा क्षेत्रका उल्लेख्य ठाउँमा उस्तै छ । दार्चुलाको ब्याँस गाउँपालिकामा नेपाली भूमीमा समेत भारतले मन्दिर बनाउन अवरोध गरिरहेको खबर सार्वजनिक भएको छ ।

ब्याँस गाउँपालिकाले कालापानी क्षेत्रमा काली मन्दिर बनाउन बजेट छुट्यायो । बजेट कार्यान्वयनमा जाँदा भारतीय पक्षले मन्दिर बनाउन दिइरहेको छैन । कालापानीमा काली मन्दिर बनाउन ब्याँस गाउँपालिकाले यो आर्थिक वर्षका लागि चार लाख रुपैयाँ विनियोजन गरेको थियो ।

गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत रामदत्त जोशी भारतले कालापानी आफ्नो जमिन भएको भन्दै मन्दिर बनाउन नदिएको बताउँछन् । मन्दिर निर्माण उपभोक्ता समिति काम अगाडि बढाउन कालापानी पुग्दा भारतीय पक्षले मन्दिर बनाउन नदिएको जोशी बताउँछन् ।

भारतीय पक्षले महाकाली नदीवारी आएर सैन्य शिविर खडा गरेको कालापानी क्षेत्र, स्थानीय ब्यासी सौका समुदायको परम्परागत पवित्र भूमि हो । तर त्यहाँ उनीहरुलाई प्रवेश निषेध छ । जोशी भन्छन्, ‘काम थालिसकेपछि समस्या उत्पन्न हुन सक्ने आशंकामा सीमामा तैनाथ भएको भारतीय सुरक्षाकर्मीलाई हामी सोध्न गएका थियौं, तर भारतीय सेनाले भगवान किन अर्को चाहियो भन्दै मन्दिर बनाउन दिएन । त्यसपछि कामै सुरु हुन सकेन ।’

स्मरणीय छ, कालापानी दार्चुलाको सबैभन्दा उत्तरी ब्याँस गाउँपालिका, वडा नम्बर १ मा पर्छ । सन् १८१६ मा सुगौली सन्धिद्वारा निर्धारित नेपालको पश्चिमी सीमा महाकाली नदी हो । तसर्थ, अतिक्रमित भूमि पनि नेपाली नै हो ।

महाकाली नदीको मुहान लिम्पियाधुरामा पर्छ । नेपालसँग रहेका पुराना दस्तावेज, इस्ट इन्डिया कम्पनी (सर्भे अफ इन्डिया)द्वारा प्रकाशित नक्सा र जलविज्ञानका सिद्धान्तले यो पुष्टि भइसकेको तथ्य हो । तर, भारतले पछिल्लो पटक लिम्पियाधुराभन्दा पूर्व तिल्सी कालापानीमा सैन्य क्याम्प खडा गरेको छ ।

त्यहाँ रहेको पानीको सानो मूललाई कालीको नक्कली मुहान बनाएर त्यसभन्दा माथि लिपुलेकसम्म कब्जा गरेको छ । अहिले कालापानी क्षेत्रमा नेपाल सरकारको उपस्थिति छैन । अनुपस्थितिको फाइदा उठाउँदै त्यहाँ भारतीय सुरक्षा फौज प्रवेश गरेको हो ।

भारतले अतिक्रमित गरेको भन्दा करिब २ सय मिटरवरै एउटा मन्दिर बनाउने तयारी भए पनि भारतीय पक्षले अवरोध गरिरहेको स्थानीयको गुनासो छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage