scheduleसोमवार मंसिर २ गते, २०७६

यसकारण आज मनाइन्छ विश्व रेडियोग्राफी दिवस


काठमाडौं, २२ कात्तिक । आज विश्व रेडियोग्राफी दिवस । हरेक वर्षको नोभेम्वर ८ मा विश्व रेडियोग्राफी दिवस मनाउने गरिन्छ ।

विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको आविष्कार गरेका थिए । रेडियोग्राफीलाई एक्सरे अथवा विकिरण पनि भन्ने गरिन्छ ।

आधुनिक सरल चिकित्सा प्रणालीमा यसको ठूलो महत्व छ । विश्वभरि रेडियोग्राफी अनि रेडिएशन थेरापीबारे जानकारी र चेतना फैलाउने दिनको रुपमा आजको दिनलाई लिने गरिएको छ ।

एक्सरेले हाम्रो शरीर भित्रका हड्डीहरु, क्याभिटिहरु र कुनै बाहिरी पदार्थ भए नभएको कुरा पत्ता लगाउने गर्दछ । अल्ट्रासाउण्डबाट शरीर भित्रका अङ्गहरुका बारेमा विना चिरफार पत्ता लगाउन सकिन्छ भने पेट भित्र रहेको बच्चाको स्वास्थ्यस्थिति, शरीरका अङ्ग विकास जस्ता कुराहरू पत्ता लगाउन प्रयोग गरिन्छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage