scheduleसोमवार मंसिर २ गते, २०७६

इरानमा शक्तिशाली भूकम्प

एजेन्सी, २२ कात्तिक । इरानमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तिमा पनि ५ जनाको ज्यान गएको र कैयौं घाइते भएको समाचार माध्यमले जनाएका छन् ।

उत्तरपश्चिमी इरानमा शुक्रबार बिहानै ५.९ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पमा परी कम्तिमा पनि ५ जनाले ज्यान गुमाएको अलजजिराले बताएको छ ।

त्यस्तै झण्डै १२० जना मानिस समेत घाइते भएको समाचारमा बताइएको छ । भूकम्पमा परेर कैयौं गाईवस्तु समेत मारिएको जनाइएको छ ।

भूकम्प गएलगत्तै मानिसहरु घरबाहिर निस्केका थिए । भूकम्प प्रभावित क्षेत्रमा उद्वार तथा राहत टोली परिचालन गरिएको इरानी अधिकारीले जनाएका छन् ।

दुई वर्षअघि इरानको केरमानशाह प्रान्तमा ७.३ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी ६ सय जनाले ज्यान गुमाएका थिए ।

सन् २००३ मा इरानको बाम शहरमा गएको शक्तिशाली भूकम्पमा परी ३१ हजार मानिसले ज्यान गुमाएका थिए । त्यस्तै सन् १९९० मा उत्तरी इरानमा ७.४ रेक्टर स्केलको भूकम्पबाट ४० हजार मानिसको मृत्यु भएको थियो ।

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage