scheduleसोमवार मंसिर २ गते, २०७६

भारतीय दूतावासको मुखैमा विद्यार्थीले जलाए भारतको विवादित नक्सा

काठमाडौं, २२ कात्तिक । समाजवादी विद्यार्थी युनियनले नेपालस्थित भारतीय दूतावास अगाडि भारतले सार्वजनिक गरेको विवादास्पद नक्सा जलाएको छ । भारतले नेपाली भूमि लिपुलेकलाई आफ्नो क्षेत्रभित्र पारेर यसै साता नयाँ नक्सा सार्वजनिक गरेको थियो ।

सत्तारुढ समाजवादी पार्टी निकट विद्यार्थी युनियनले शुक्रबार बिहान लैनचौरस्थित भारतीय दुतावासको कार्यालय अगाडि नाराजुलुस सहित भारतको नक्सा जलाएका हुन् ।

भारतीय पक्षले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा भारतसँग सीमा जोडिएको नेपाली भूमि लिपुलेक भारतीय क्षेत्रभित्र देखिएको भन्दै देशव्यापी विरोध भइरहेको छ ।

भारतले आफ्नो नक्सा सही भएको दावी गर्दै आए पनि नेपालले उक्त भारतीय निर्णय मान्य नहुने प्रतिक्रिया दिँदै आएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage