scheduleबुधवार कार्तिक २७ गते, २०७६

बक्र इद र मुहम्मद जयन्तीमा सार्वजनिक बिदाको सिफारिस

काठमाडौं, २२ कात्तिक । मुस्लिम आयोगले मुहम्मद जयन्तीका अवसरमा कात्तिक २४ गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

आयोगका अध्यक्ष समिम मिया अन्सारीले गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर मुस्लिम समुदायका दुई पर्व बक्र इद र मुहम्मद जयन्तीमा सार्वजनिक बिदा घोषणा गर्न सिफारिस गरेका हुन् ।

यस वर्षको मुहम्मद जयन्ती दिवस कात्तिक २४ गते परेको छ । यसअघिका सरकारले इद र बक्र इदको अवसरमा मुस्लिम समुदायलाई मात्रै बिदा दिँदै आएको थियो ।

तर वर्तमान ओली सरकारले इदको दिनमा समेत राष्ट्रिय सार्वजनिक बिदा दिने निर्णय गरेको समेत आयोगले जनाएको छ ।

सरकारले मुस्लिम सुमदायसँग भएको उक सम्झौतामा इद, बक्र इद र मुहम्मद जयन्तीमा समेत बिदा दिने सहमति गरेको थियो । सोही सम्झौता अनुसार नै बक्र इद तथा मुहम्मद जयन्तीमा राष्ट्रिय सार्वजनिक बिदा दिन आयोगले सिफारिस गरेको हो ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage