scheduleबुधवार कार्तिक २७ गते, २०७६

प्रदर्शनमा घाइते भएका विद्यार्थीको ज्यान गयो, हङकङ थप तनावग्रस्त हुन सक्ने

एजेन्सी, २२ कात्तिक । प्रदर्शनका क्रममा घाइते भएका एक विद्यार्थीको ज्यान गएपछि हङकङमा थप तनाव चर्कन सक्ने आशंका गरिएको छ । प्रदर्शनकारीको मृत्यु भएपछि यस्तो आशंका गरिएको हो ।

शुक्रबार हङकङ विश्वविद्यालयका एक विद्यार्थीको मृत्यु भएपछि थप तनाव चर्किन सक्ने समाचारमा बताइएको हो । प्रदर्शनका क्रममा सोमबार घाइते भएका २२ वर्षीय चो त्स्सलोकको ज्यान गएको हो ।

सोमबार प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्ने क्रममा चो पार्किङ भवनको तेस्रो तलाबाट दोस्रो तलामा खसेका थिए । तलाबाट लडेर गम्भीर घाइते भएका उनको शुक्रबार ज्यान गएको हो ।

चोको ज्यान गएपछि प्रदर्शनकारी प्रहरीप्रति थप आक्रामक हुन सक्ने र प्रदर्शन थप हिंसात्मक हुने आशंका र चिन्ता व्यक्त गर्न थालिएको छ ।

केही समययता हङकङमा जारी विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि अत्यधिक बल प्रयोग गरेको आरोप लागेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage