scheduleसोमवार मंसिर २ गते, २०७६

भारत सरकारविरुद्ध अनेरास्ववियूको चर्काे नाराबाजी

काठमाडौ‌, २२ कात्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले भारत सरकारविरुद्ध चर्को नाराबाजी गरेको छ ।

नेपाली भूमि भारतीय नक्सामा समावेश गरेको भन्दै अनेरास्ववियूले शुक्रबार लैनचौरस्थित भारतीय दूतावास अगाडि पुगेर भारत सरकारविरुद्ध चर्को नाराबाजी गरेको हो । अनेरास्ववियूमा आवद्ध विद्यार्थीहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको नेपाली भूमि तत्काल फिर्ता नदिए भारत विरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिए ।

अनेरास्ववियूले भारतको हेपाहा प्रवृत्तिको डटेर मुकाविला गर्ने चेतावनी पनि दिएको छ । विरोध प्रर्दशनपछि आयोजित कोणसभामा बोल्दै अनेरास्ववियूका संयोजक ऐन महरले भारतीय थिचोमिचोको विरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका हुन् ।

इतिहासमा कहिल्यै कसैको अतिक्रमण नसहेको भन्दै नेपाल राष्ट्र, नेपाली जनता र युवा विद्यार्थीहरुले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने पनि संयोजक महरले बताए ।

भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि त्यसमा नेपाली भूमि भारतमा नै भएको उल्लेख भएको भन्दै चौतर्फी विरोध हुँदै आएको छ ।

आज नै नेपालको सीमा रक्षाको वकालत गर्दै आएको ग्रेटर नेपालले पनि भारतीय नक्सामा समावेश गरिएको नेपाली भूमि तत्काल हटाउन भारतसँग माग गर्दै लैनचौरस्थित भारतीय दूवावास अगाडि विरोध प्रर्दशन गरेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage