scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

रौतहट बमकाण्डः घाइतेलाई इँट्टाभट्टासम्म पुर्‍याउने एसपी लामा हङकङमा

काठमाडौं, २२ कात्तिक । रौतहट काण्डमा मुछिएका सशस्त्र प्रहरी रौतहटका तत्कालीन एसपी रामकृष्ण लामा हङकङमा भेटिएका छन् ।

लामालाई इन्टरपोल मार्फत नेपाल ल्याउने तयारी भइरहेको प्रहरी प्रधान कार्यलयले जानकारी दिएको छ । पीडितहरूको उजुरीका आधारमा लामाको खोजी गर्न भन्दै प्रहरी मुख्यालयमा रौतहट प्रहरीले पत्र पठाएको थियो ।

रौतहट हत्याकाण्डका मुख्य अभियुक्त मोहम्मद अफताब आलमविरुद्ध ज्यान मार्ने उद्योगको अभियोगमा अदालतमा मुद्दा दायर भइसकेको छ । उक्त मुद्दामाथि हाल थुनछेक बहस चलिरहेको छ ।

लामामाथि आलमको निर्देशनमा बम विष्फोटबाट घाइते भएकालाई आफ्नो गाडीले स्कटिङ गरेर इँटाभट्टासम्म पुर्‍याइएको आरोप लागेको छ । उनले घाइतेलाई इँट्टाभट्टासम्म पुर्‍याएबापत आलमसँग ४० लाख रकम लिएको खुलासा समेत भएको छ ।

रौटहटमा १२ वर्षअघि राजपुर फरहदवामा भएको बम काण्डका मुख्य आरोपी भनिएका नेपाली काङ्ग्रेसका सांसद तथा पूर्वमन्त्री आलम पक्राउ परिसकेका छन्।

आलमसहित ११ जनाविरुद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयमा आलमसहित १० जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा विस्फोटक पदार्थ भण्डारण र उत्पादन कसुरमा जन्मकैद सजायको मागदाबीसहित मद्दा दायर भएको हो ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage