scheduleसोमवार मंसिर २ गते, २०७६

एमसीसीसँग नेपाली टोली पराजित

काठमाडौं, २२ कात्तिक । पाहुना टोली मेरिलेबोन क्रिकेट क्लव (एमसीसी) विरुद्धको तीन दिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल एमसीसीसँग २ सय ८ रनको फराकिलो अन्तरले पराजित भएको हो । एमसीसीले दिएको ३ सय ९३ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल ४० ओभर ३ बलमा अल आउट हुँदै १ सय ८४ रनमा समेटिन पुग्यो ।

खेलमा नेपालका लागि सोमपाल कामीले ५१ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । त्यसैगरी राजु रिजालले ३१ रन, सन्दीप लामिछानेले २५ रन जोडन भ्याए । सरद भेषवाकरले १४ रन तथा कप्तान ज्ञानेन्द्र मल्लले ६ रन बनाएर आउन भए ।

एमसीसीका लागि दोस्रो इनिङ्समा बिली गोडलम्यानले ३९ र एड योङले ३१ रन बनाएका थिए भने विल रोड्सले ३० रन बनाउन भ्याए । एमसीसीका यासिरा अराफाट ६५ रनमा अविजित रहे । त्यस्तै टम वेस्टलीले ३९ रन जोड्दा एलेक्स थोम्पसनले ३० रन बनाएका थिए ।

नेपालसँग तीन दिवसीय प्रथम श्रेणी खेल्न आएको पाहुना टोली मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाललाई ३ सय ९३ रनको विशाल लक्ष्य दिएको थियो । तेस्रो दिन पहिलो सेसनमा एमसीसीले ३६ ओभरमा १८१-६ को दोस्रो इनिङ समाप्तिसहित नेपाललाई विशाल लक्ष्य दिएको हो ।

एमसीसीले पहिलो इनिङमा २ सय ११ रनको अग्रता लिएको थियो । तेस्रो दिन २१ ओभरमा ९१–२ को अवस्थाबाट सुरु गरेको एमसीसीका लागि टम वेस्ट्ली ३४ रनमा सोमपाल कामीले प्याभेलियन फर्काए ।

करण केसीले एमसीसीको ३ विकेट लिए । उनले माइल्स हामान्डलाई ११ रनमा बोल्ड आउट गरे भने ३५ ओभरमा एड योङलाई ३१ रनमा बोल्ड आउट गरे । नेपालका करण केसीले ३, सोमपाल कामी, ललित नारायण राजवंशी र पवन सरार्फले १-१ विकेट लिए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage