scheduleसोमवार मंसिर ३० गते, २०७६
Bajaj
Global IME

ठगी आरोपमा पक्राउ परेका व्यवसायी रुपज्योतिलाई थुनामा राख्न आदेश

काठमाडौं, २२ कात्तिक । जिल्ला अदालत काठमाडौंलै उद्योगी एवं पूर्व अर्थसहायक मन्त्री रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश दिएको छ ।

हाउजिङ निर्माणमा ठगी गरेको आरोपमा पक्राउ परेका रुप र उनकी छोरी सुरुचीलाई शुक्रबार जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई अनुमति दिइएको हो ।

महानगरीय प्रहरी परीसर काठमाडौंको टोलीले सिंगापुरबाट सिल्क एयरमा आएका रुपज्योतिलाई बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलबाट पक्राउ गरेको थियो ।

पूर्व अर्थराज्यमन्त्रीसमेत रहेका रुपज्योतीलाई अपार्टमेन्ट व्यवसाय सम्बन्धी एउटा ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७५ मंसिर २० गते पक्राउ गर्न आदेश दिएको थियो । उनी काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत गएका थिए ।

तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूपज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरेपछि उनलाई प्रहरीको खोजी सूचीमा राखेको थियो ।

ज्योति समूहको लगानी रहेको ल्यान्डमार्क डेभलपर्सका नाममा सर्वसाधारणबाट रकम उठाएर हाउजिङ नदिएको आरोपमा गत वर्ष मंसिरमा पीडितले महानगरीय प्रहरी परिसर काठमाडौंमा सञ्चालक ज्योतिविरुद्ध उजुरी दिएका थिए ।

बाँसबारीमा हाउजिङ बनाएर वितरण गर्ने भन्दै ल्यान्डमार्कले सर्वसाधारणबाट रकम उठाएको थियो ।

प्रहरीमा परेको उजुरीअनुसार ज्योति समूह र त्यसकै अर्को संस्था स्याकार कम्पनीका नाममा ल्यान्डमार्कको सेयर कायम गरी हाउजिङ कम्पनी दर्ता गरिएको थियो ।

कम्पनी दर्तापछि सर्वसाधारणले हाउजिङ बुकिङस्वरूप लगानी गरेका थिए । तर हाउजिङ निर्माण नगरेपछि विज्ञेन्द्रकृष्ण मल्ल प्रहरीमा गएका थिए ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage