scheduleसोमवार मंसिर २ गते, २०७६

उपनिर्वाचन जनताबाट सिक्ने अवसर पनि होः अध्यक्ष प्रचण्ड

काठमाडौं, २२ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिरमा हुन गइरहेको उपनिर्वाचन नेताले जनताबाट सिक्ने अवसर भएको बताएका छन् ।

शुक्रबार पोखरामा आयोजित जिल्लास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उपनिर्वाचनबाट नेताले धेरै कुरा सिक्ने बताएका हुन् । उनले प्रतिक्रियावादीहरुले कम्युनिस्ट पार्टीको विजय यात्रालाई रोक्न खोजेको पनि आरोप लगाए ।

कास्की क्षेत्र नं. २ को उपनिर्वाचनलाई लक्षित गरी आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले उपनिर्वाचनले देशभरिका नेता, कार्यकर्ता र जनतामा नयाँ ऊर्जा दिएको समेत बताए। उपनिर्वाचनले सिंगो पार्टी एकता पूरा गर्न र पार्टीलाई सुदृढ गर्न मद्दत गर्ने उनको दाबी थियो ।

निर्वाचनको क्रममा पार्टीको नेतृत्वमा रहेको सरकारले गरेका कामहरुको जनतामा सम्प्रेषण गर्न कार्यकर्तालाई निर्देशन दिएका थिए ।

विश्वमै रक्षात्मक स्थितिमा रहेको कम्युनिस्ट आन्दोलनको बीचमा नेपालबाट शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण हुँदा संसारका प्रतिक्रियावादीहरु यसविरुद्ध निकै ठूला ठूला तानाबाना बुनिरहेको उनको भनाइ थियो।

 

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage