scheduleबुधवार कार्तिक २७ गते, २०७६

राजपासँग एकता गरेर मुलुकलाई भरपर्दो विकल्प दिन्छौंः डा. भट्टराई


काठमाडौं, २२ कात्तिक । समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकको संघीयतालाई समुन्नत ढंगले अघि बढाउन राष्ट्रिय जनता पार्टी, नेपालसँग पार्टी एकीकरण गर्न जोड दिइएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले जनजाति आन्दोलनमा आवद्ध पार्टीहरु र राष्ट्रिय जनता पार्टी, नेपालसँग पार्टी एकता गरेर मुलुकलाई भरपर्दो विकल्प दिन आफ्नो पार्टी लागि परेको दावी पनि गरे ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवद्वारा लिखित पुस्तक ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ को शुक्रबार काठमाडौंमा विमोचन गर्दै उनले पश्चागामी सोच भएका राजनीतिक दलहरुले शासन संचालन गरिरहेको भन्दै त्यसबाट मुलुकको संघीयतालाई बलियो बनाउन नसकिने दावी पनि गरे ।

भट्टराईले यादवद्वारा लिखित पुस्तक मुलुकको संघीयतालाई बलियो बनाउन भरपर्दो सन्दर्भ सामग्री हुने विश्वास पनि व्यक्त गरे ।

‘काँग्रेस र कम्युनिस्टहरुले लोकतान्त्रिक समाजवाद भन्दै आएका छन् । उनीहरुले लोकतान्त्रिक समाजवादी भनरेर कागका प्वाँख उखेलेर मयुरका प्वाँख राख्दा पुँजीवादको जन्म भयो ।,’ उनले भने, ‘हामी उन्नत समाजवादी लोकतन्त्रमा जानुपर्छ । हामी नयाँ विचारको प्रतिपादन गर्छौ ।’

उनले अहिले राजनीति आफ्नो स्वार्थ समूहको व्यवस्थापन र आसेपासे पोस्ने पेसाका रुपमा स्थापित भएको उल्लेख गर्दै मुलुकलाई विकल्प चाहिएको बताए ।

उनले पुस्तकको चर्चा गर्दै भने, ‘राजनीतिक व्यक्तिमा विचारको प्रतिपादन, अध्ययन, अनुसन्धान र चिन्तन गर्ने बानी हराउँदै गएको छ । अहिले राजनीति भनेको आफ्नो स्वार्थ समूहको व्यवस्थापन गरेर सत्ता प्राप्ति गर्ने र आसेपासे पोस्ने पेसाका रुपमा स्थापित हुँदै भएको छ । यो अत्यन्तै डर लाग्दो प्रवृतिका रुपमा स्थापित हुँदै आएको छ । तर उपेन्द्रजीले त्यसलाई चिर्ने प्रायस गर्नु भएको छ ।’

डा. भट्टराईले राजनीतिलाई समाज रुपान्तरण र मानव सभ्यताका निम्ति सचेत ढंगले सोच्ने कर्मका रुपमा लिनुपर्नेमा जोड दिए । ‘यही सोचका साथ मधेश आन्दोलनको कुसल नेतृत्व गर्नुभएका उपेन्द्रजी, जनजातिको नेतृत्व गर्नु भएका अशोक राईजीसँगै म मुर्ख खसआर्यबाट समाजवादी विकासका निम्ति एक ठाउँमा आइपुगेको छु,’ उनले भने ।

उपेन्द्र यादवको नेतृत्वमा भएको मधेश आन्दोलनले समावेशी र समानुपातिक राज्य निर्माणमा मुख्य भूमिका खेलेको उनले चर्चा गरे ।

पुस्तकका लेखक तथा समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले कोही नहुनेको राज्य नै अभिभावक हुने खालको आफूहरुले समाजवादी लोकतन्त्रको कल्पना गरेको स्पष्ट पारे ।

‘काठमाडौँ दिनभरी कागज–बोतल उठाउने बालबालिका साँझ सडकमै सुतेको भेटिन्छन्,’ उनले भने, ‘कोही नहुनेको त राज्य हुनुपर्छ नि ? समाजवादी लोकतन्त्रमा कोही नहुनेको राज्य अभिभाव हुन्छ । जसलाई सामाजिक न्याय भनिन्छ ।’

उनले दुई तिहाइ नागरिकलाई राज्यले बहिस्करण गरेकाले मुलुक दरिद्र भएको टिप्पणी गरे ।

‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’माथि राजनीतिक विश्लेकष डा. सुरेन्द्र केसी, राजनीतिक विज्ञ कृष्ण हाछेथु, डा. मुक्ति रिजाल र डा. हरिवंश झालगायतले टिप्पणी राखेका थिए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage