scheduleबुधवार कार्तिक २७ गते, २०७६

जर्जिया पठाई दिन्छु भनी ठगी गर्ने राई प्रहरी खोरमा


काठमाडौं, २२ कात्तिक । जर्जिया पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा मोरङ पथरी नगरपालिका-१ उर्लावारी बस्ने ४३ वर्षीय रामकृष्ण राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने दोलखा गौरीशंकर गाउँपालिका-६ घर भएका पुरुषलाई राईले जर्जियामा क्लिनरको जागिर लगाईदिने प्रलोभन देखाएका थिए । उनले उक्त कम्पनीले मासिक ९० हजार रुपैयाँ तलब, खान बस्न समेत दिने प्रलोभन देखाई ७ लाख ५० हजार रुपैयाँ ठगी गरेका हुन् ।

ठगी गरेपछि सम्पर्कविहिन भएको भन्ने जाहेरीका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले खोजतलास गर्दै जाने क्रममा मोरङ जिल्लाको उर्लावारीमा लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले पारी पक्राउ गरेको जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा निज राईले राजन राईबाट ३ लाख ५० हजार र ईन्द्र लिम्बुबाट ५ लाख रुपैयाँ लिई ठगी गरेको खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage