scheduleबुधवार कार्तिक २७ गते, २०७६

चुनावको जितलाई पचाउन नसकेर पार्टी फुट्योः प्रचण्ड


पोखरा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष प्रचण्डले ०६४ सालमा भूमिगत जीवनपछि पहिलोपटक बहुमतले जिते पनि विजयलाई ‘पचाउन’ नसकेको स्वीकारेका छन् ।

शुक्रबार पार्टी कार्यक्रममा पोखरा पुगेका प्रचण्डले भने, ‘तत्कालीन एमाले जितमा ढुक्क थियो । तर, हामीले बहुमतले जितेपछि एमालेले हार के हो भन्ने राम्रोसँग बुझ्यो । तर, त्यो जीतलाई पचाउन सकेनौं । पछि हामीमा अहंकार आयो र विभाजनतर्फ गयौं ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पहिलो संविधानसभा निर्वाचनपछिका सन्दर्भहरुलाई पोखरा पुगेर स्मरण गरे । उनले ०६४ सालमा पार्टीले बहुमत ल्याए पनि पचाउन नसक्दा पछि दोस्रो चुनावमा हार व्यहोर्नु परेको स्वीकार गरेका हुन् ।

प्रचण्डले ०७० सालसम्म आइपुग्दा तत्कालीन माओवादी पार्टीले चुनाव हारेपछि भने बुद्धि फिरेको स्मरण गर्दै भने, ‘दोस्रो चुनावमा हाम्रा दाह्रा भाँच्चिए, सिङ भाँच्चिए ।’

उनले आफू पार्टी अध्यक्ष भएपछि पार्टीभित्र फुर्सदिलो रहेको बताउँदै जिल्ला दौडाहामा निस्किएर जनता र पार्टी जोड्ने पुलको काम गरिरहेको बताए । ‘फुर्सदमा भएर पनि मलाई सजिलो भा’छ । देशैभरि घुम्न पाइया छ’ उन भने, ‘जनताका गुनासा, टिप्पणी सुनेर केन्द्रमा लैजाने मौका पाएको छु, पार्टीका लागि ब्रिजिङको काम गरिराख्या छु ।’

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage