scheduleबुधवार कार्तिक २७ गते, २०७६

भारतीय दादागिरीविरुद्ध सबै नेपाली दलभन्दा माथि उठ्नुपर्छ: गगन थापा


झापा, २२ कात्तिक । कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले सीमा विवादको विषयमा सबै नेपाली दलभन्दा माथि उठेर एकजुट हुनुपर्ने बताएका छन् ।

शुक्रबार झापामा पत्रकारसँग कुरा गर्दै थापाले भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा उसको नक्सामा राख्नु भारतीय दादागिरी हो । भारतको यो चरम दादागिरीविरुद्ध सबै नेपाली दलभन्दा माथि उठेर एकजुट भएर लाग्नुपर्छ।’

उनले सीमा विवादका विषयमा सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले थपे, ‘प्रतिपक्ष कांग्रेसलगायत, आम नागरिकले समेत सीमा मिचिएको विषयमा सडकमा नै आएर धारणा व्यक्त गरिसकेका छन् । तीनै धारणाको बलमा नेपाल सरकारले भारतसँग बलियो रुपमा कुरा गर्नुपर्छ।’

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage