scheduleमगलवार मंसिर ३ गते, २०७६

नागरिकको हैसियतमा ‘अकुपाइ टुँडिखेल’मा बाबुराम, भन्छन्- तपाईं पनि आउनु है !

काठमाडौं, २३ कात्तिक । शुक्रबार रात छिप्पिँदै गर्दा सामाजिक सञ्जालमा सक्रिय रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा एउटा सन्देश सार्वजनिक गरे ।

सन्देशमा उनले पुरानो टुँडिखेल र अहिलेकोको टुँडिखेलको तस्बिर पोस्ट गरे । ‘उहिलेको टुँडिखेल र अहिलेको टुँडिखेलको फोटो हेर्दा कसको मन नफाट्ला ?,’ उनले अगाडि लेखे, ‘त्यसैले एक सचेत नागरिकको हैसियतले मैले त जनस्तरबाट सञ्चालित ‘अकुपाइ टुँडिखेल’ अभियानमा सक्रिय सहभागी बन्ने अठोट गरें है- शनिवार बिहान ८.० बजे !’

भट्टराईको अरुलाई पनि आह्वान छ, ‘तपाईं पनि उपत्यकामा हुनुहुन्छ भने जाने हो कि ?’

के हो अकुपाइ टुँडिखेल ?
यो अभियान टुँडिखेल खुल्ला हुनुपर्ने माग गर्दै सुरु भएको अभियान हो । शनिबार बिहान ८ बजेदेखि करिब एक घण्टासम्म रत्नपार्कदेखि खुल्लामञ्च र सैनिकमञ्चको बीचको बाटोसम्म मानव साङ्लो बनाएर अभियानको सुरुवात गरिँदैछ ।

यो अभियानलाई विभिन्न चरणमा विभाजन गरिएको छ । पहिलो चरणमा टुँडिखेलअन्तर्गतको खुल्लामञ्च र दुईमाजुमा भएको अतिक्रमण विरुद्धको ‘अकुपाइ टुँडिखेल’ अभियानमा हजारौं मानिस मानव साङ्लो बनाएर सांकेतिक आन्दोलनमा सहभागी हुनेछन् । आयोजकले यसरी नै कार्यक्रमको तयारी गरेको छ । ‘अकुपाइ टुँडिखेल’मा विभिन्न क्षेत्रका व्यक्तिदेखि जनप्रतिनिधिसम्म समर्थनमा उत्रने विश्वास आयोजकको छ ।

अभियानमा सहभागी हुन आयोजकले विभिन्न राजनीतिक दलका प्रतिनिधि, काठमाडौंका संघीय र प्रदेश सांसद, जनप्रतिनिधिहरुलाई सहभागी हुन सार्वजनिक आह्वान गरेको छ ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसँगै नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधान, गगन थापा, प्रदेश ३ का सांसद विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ लगायतले अभियानमा सहभागी हुन आह्वान गरेका छन् ।

‘अकुपाइ टुँडिखेल’मा विभिन्न जनचेतनामुलक प्लेकार्ड र ब्यानरहरु बोकेका अभियन्ताहरु मानव साङ्लोमा रुपान्तरण हुनेछन् । अभियन्ताहरुले नाराहरुसहितको बेलुन उडाउने कार्यक्रम पनि रहेको छ । अभियन्ताहरुले आफ्नो प्रदर्शनको क्रममा ट्राफिक र सवारी आवगनमा कुनै अवरोध हुन दिने छैनन् । यसको लागि स्वयम्सेवक नै परिचालन गरिने आयोजकले जनाएको छ ।

अभियन्ताहरुको प्रतिवद्धता छ, ‘सरकारले टुँडिखेललाई खुल्ला गरे त्यसलाई हराभरा बनाउन नागरिक स्तरबाट सहयोग गर्न हामी तयार छौं ।’

यो अभियानअन्तर्गत पहिलो चरणको समापनपछि तीन महिनासम्म प्रत्येक शनिबार टुँडिखेल क्षेत्रमा रचनात्मक र चेतनामुलक कार्यक्रम आयोजना गरिनेछ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage