scheduleमगलवार मंसिर ३ गते, २०७६

यू-१९ छनोटः एकपछि अर्को हार व्यहोर्दै नेपाल


काठमाडौं, २३ कात्तिक । एएफसी यू–१९ च्याम्पियनसिप छनोटमा नेपालले लगातार हार व्यहोरेको छ । पहिलो खेलमा युएईसँग ४-० ले पराजित नेपालले दोस्रो खेलमा पनि इरानसँग लज्जास्पद हार व्यहोरेको हो ।

शुक्रबार सम्मन्न खेलको पहिलो हाफ दुवै टिम गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा नेपाल कमजोर देखियो । नेपालले अन्तिम १४ मिनेटमा ४ गोल खाएपछि लज्जास्पद हार व्यहोर्नु पर्‍यो । घरेलु टोलीका लागि ७६औं मिनेटमा पहिलो गोल मोहम्दमाद अहमादीले गरे ।

लगातार रक्षात्मक देखिएको नेपालले ८४ औं मिनेटमा कप्तान अहमन रिजा जलालीको अर्को गोल खायो । लगत्तै ८६औं मिनेटमा अलिरिजा मोनाज्मीले अर्को गोल थपे भने खेलको अन्तिम मिनेटमा एरिया बर्जागरले गोल गर्दै नेपाललाई ४-० को पराजय उपहार दियो ।

नेपालले अर्को खेलमा किर्गिस्तानको सामना गर्नेछ । नेपाल समूह ‘डी’ मा रहेर खेलिरहेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage