scheduleमगलवार मंसिर ३ गते, २०७६

सीमाविवाद केन्द्रित सर्वपक्षीय बैठकः सत्तासिनहरुले यो कुरा नबिर्सिऊन्

काठमाडौं, २३ कात्तिक । दलका भातृ संगठनहरुले शुक्रबार सीमा समस्याबारे छुट्टाछुट्टै प्रदर्शन गरे । राष्ट्रियता संकट परिरहेको बेला पनि दलका भातृ संगठनहरुले एउटै मञ्चमा उभिएर प्रदर्शन गर्नेभन्दा पनि दलगत प्रभाव देखाउने अभ्यास गरे ।

तर, प्रधानमन्त्री केपी ओलीले भने भारतसँगको सीमाविवादबारे राष्ट्रिय सहमतिसहितको ठोस धारणा तय गर्न शनिबार सर्वपक्षीय बैठक बोलाएका छन् । राष्ट्रिय समस्या समाधान गर्न दलभन्दा माथि उठ्न सक्नुपर्ने भन्दै प्रधानमन्त्रीले लिएको कदमको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ ।

किन बोलाए प्रधानमन्त्रीले सर्वपक्षीय बैठक ?

यसअघि सत्तारुढ दलकै नेताहरुले पार्टीको र सर्वपक्षीय बैठक बोलाउन माग गर्दै आएका छन् । राष्ट्रवादको नारालाई फ्रेमिङ गरेर चुनाव जितेका प्रधानमन्त्री ओलीलाई भारतले सार्वजनिक गरेको नयाँ नक्सा एउटा चुनौतीको रुपमा अगाडि आयो ।

सीमा रक्षाको बारेमा ठोस कदम चाल्न नसके आफ्नो ‘राष्ट्रवादी छवि’ गर्ल्यामगुर्लुम ढल्ने बुझाई प्रधानमन्त्रीको छ । यसर्थ, सर्वपक्षीय बैठक बोलाएर उक्त बैठकले दिने सल्लाहअनुसार अगाडि बढ्दा वैदेशिक शक्तिहरुसँग पनि सम्बन्ध नबिग्रने बुझाई प्रधानमन्त्री कार्यालयको छ ।

सर्वपक्षीय बैठकमा नापी विभागले प्रस्तुत गर्ने नक्सा, तथ्य–प्रमाणका आधारमा छलफल गर्ने प्रधानमन्त्री कार्यालयको योजना छ । बैठकमा प्राप्त सुझावसहितको निष्कर्षका आधारमा भारतसँग संवाद अघि बढाउने प्रधानमन्त्रीको तयारी रहेको छ ।

यी हुन् सर्वपक्षीय बैठकमा बोलाइएकाहरु-
-पूर्वप्रधानमन्त्रीहरू- पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द लगायत
-पूर्वपरराष्ट्रमन्त्रीहरु
-राजनीतिक दलका नेताहरु
-परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली
-परराष्ट्रविद्, सीमाविद्, नापी विभागका महानिर्देशकलगायत

सत्तासिनहरुले यी कुरा नबिर्सिऊन्
प्रशान्त सिंह, सचिव- समाजवादी पार्टी नेपाल

शरीरले दर्जनौं महत्वपूर्ण अङ्गहरुमध्ये कुनै एउटालाई पनि समन्वय गर्न नसक्दा हामी बिरामी हुन्छौं । एउटा सानो भाइरसले हामीलाई सिध्याउँछ। सोचौं, देशका सबै नागरिक-समूहहरुलाई समेटेर राज्य सञ्चालन नगर्दा, हामीभन्दा हजारौं गुणा बलशाली हाम्रा छिमेकीहरुले, तिनीहरुले चाहेको खण्डमा, हामीलाई बिगार्न बाँकी राख्छन र ? अफसोच, सत्तरी वर्षको तीतो अनुभवले पनि हामीलाई यो सानो पाठ सिकाउन सकेन ।

भारत र चीनले हामीलाई बनाउने हैन- सहयोग मात्र गर्न सक्ने हो । हामीले नै आफ्नो देशलाई बनाउने हो । पहिला हामीले आफ्नाहरुलाई त आफ्नो बनाऊँ- आफुलाई भित्रैबाट बलियो त बनाऊँ । नत्र लेखेर राखौं, भारतले चाहेको खण्डमा हामीमध्ये कसै न कसैलाई उचाली रहनेछ ।

चीनले व्यापारिक र सामरिक लेनदेनले गर्दा आफ्नो फाइदा भएको खण्डमा भारतलाई उचाली रहने छ। भू-राजनीति यसैलाई त भनिन्छ । 

तिनीहरुले भूराजनीति गरे भनेर रोएर, चिच्याएर बस्नु सस्तो मिडियाबाजी मात्रै हो, समय खेर फाल्नु हो । हामीले तिनका भू-राजनीतिलाई चिर्न सिक्नु पर्दछ । शुरुआत देशभित्रैकै भूगोल र राजनीतिबाट गर्नुपर्ने हुन्छ । अपेक्षाकृत साना देशहरुका लागि देशभित्रको एकीकृत लोकमत अन्तर्राष्ट्रिय मञ्चमा सरकारको वैधानिकतालाई स्थापित गर्ने मुख्य साधन हो । हजारौं वर्षदेखि सँगै बस्दै आएका हामी नेपालीहरु रुपमा अनेक तर सारमा एक हौं । यो सत्यलाई सत्तासीनहरुले बिर्सिनु भएन। बेलैमा सिकौं, सिकाउँ।

चीन र भारतले मिलिजुली नेपालको भूमि अपहरण गरेको खबर र सरकारले यसको सशक्त विरोध गर्न नसकेको अवस्थामा बोलाइएको सर्वपक्षीय बैठकमा म यी सुझाव दिन चाहन्छु ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage