scheduleमगलवार कार्तिक २६ गते, २०७६

सुरु भयो ‘अकुपाइ टुँडिखेल’


काठमाडौं, २३ कात्तिक । काठमाडौँमा ‘अकुपाइ टुँडिखेल’ अभियान सुरु भएको छ ।

शनिवार बिहान खुल्लामञ्चको चारै तर्फबाट मानवसाङ्लो बनाएर विरोधको अभियान अभियान सुरु गरिएको हो । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, कलाकार, स्थानीय नागरिक, सामाजिक अभियन्ता लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

भूकम्पपछि अस्थायीरुपमा प्रयोग गर्ने गरी खुलामञ्चको केहि भाग विभिन्न संघसंस्थालाई दिइएकोमा अहिले स्थायी प्रकृतिका संरचना बन्न थालेपछि विरोध हुँदै आएको छ । यसरी खुलामञ्च अरुको कब्जामा जान थालेको भन्दै अभियन्ताहरुले आजबाट अभियान सुरु गरिएको बताएका छन् ।

अभियानमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता तथा सांसद भीमसेनदास प्रधान, अर्का सांसद गगन थापा, प्रदेश ३ का सांसद विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायत पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, शिक्षाविद् केदारभक्त माथेमा लगायतकाको सहभागिता रहेको थियो ।

खुलामञ्चलाई अतिक्रमणबाट बचाउन तीन महिनासम्म प्रत्येक शनिबार यस्तो कार्यक्रम संचालन गर्ने पनि बताइएको छ । खुलामञ्चमा वीर अस्पतालको स्टोररुम देखि निर्माण सामग्री राख्ने गाडी पार्किङ्ग गर्ने गरिएको छ ।

यस्तै पुरानो बसपार्कमा भ्युटावर बनाउने भएपछि अस्थायी रुपमा शहरी बसपार्क पनि खुलामञ्चमा राखिएको छ । त्यस्तै अनधिकृतरुपमा पार्किङ गर्ने र विभिन्न बहानामा जमिनमा ढलान गर्ने कामसमेत भएपछि त्यसको आमसर्वसाधारणले विरोध गर्दै आएका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage