फिल्म ‘बाला’को दुई दिनको कमाई कति ?
काठमाडौँ, २४ कात्तिक । गएको हप्ता रिलिज भएको फिल्म बालाले बक्स अफिसमा सानदार कमाई गर्न सफल भएको छ ।
पहिलो दिन १२ करोड कमाई गर्न सफल यस फिल्मले दोस्रो दिन १५ करोड कमाई गर्न सफल भएको हो ।
२५ करोडको बजेटमा निर्माण भएको यस फिल्मले दुई दिनमा नै उक्त रकम उठाउन सफल भएको छ ।
आयुष्मान खुरानाको यो फिल्म पनि सुपर हिट हुने संकेत देखाएको समिक्षकहरुले बताएका छन् ।
यस फिल्मलाई ३५५० स्क्रिनमा देखाइएको छ । यस फिल्ममा भुमि पेडेकर, यमी गौतमको पनि प्रमुख भुमिका रहेको छ ।