scheduleबिहिवारफाल्गुन २० गते, २०७७

किर्ते गरी करोडौं ठगेको आरोप लागेपछि राज्यमन्त्री रावलद्वारा राजीनामा

काठमाडौं, २४ कात्तिक । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् ।

मन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा बुझाएका हुन् । उनले सरकारबाट सुविधावापत पाएको सवारी साधनलगायतका सामाग्री समेत बुझाएका छन् ।

रावलमाथि किर्ते गरी झण्डै १६ करोड ठगेको अभियोग लागेको छ । विद्यालयको जग्गा कीर्ते गरेर ठगी गरेको भन्दै कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दायर भएपछि उनी फरार रहदै आएका थिए।

रावलसहित ३६ जनाविरुद्ध झण्डै १६ करोड रुपैयाँ ठगी तथा कागज कीर्ते गरेको भन्दै मुद्दा दायर भएकाे हो।

कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योती बहुमुखी क्याम्पसको १५ करोड ६७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर किनबेचमा ठगी र कागज कीर्ते गरेको भन्दै राज्यमन्त्री रावलसहित ३६ जनाविरुद्ध गत साउनमा कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

‘ममाथि लगाउन खवजिएका आरोप तथा लाञ्छनाको निष्पक्ष र तथ्ययुक्त छानबिन होस् र त्यस्तो पूर्वाग्रहरहित वस्तुपरक छानबिनमा मेरो पूर्ण सहयोग रहनेछ’, रावलले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

‘यस्तो छानबिन गर्न सहज होस् र न्याय स्थापित होस् भन्ने आशयबाट मैले बहन गर्दै आएको सुदूरपश्चिम सरकारको उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्रीको पदबाट आजैका मितिदेखि राजीनामा दिएको छु’, पत्रमा भनिएको छ ।

रावलले आफूलाई फँसाउने षडयन्त्र समेत भएको आरोप लगाएका छन् । उनले आफूले प्राप्त गरेको सफलता र जिम्मेवारीप्रति नकारात्मक चिन्तन भएका केही व्यक्तिहरुले झुठा आरोप लगाउँदै बदनाम गर्न नयाँ षडयन्त्र रचेको भनेर राजीनामापत्रमा उल्लेख गरेका छन् ।

कीर्ते मुद्दा दायर भएपछि पार्टी र प्रदेशसभामा रावललाई पक्राउ गर्न दबाब सिर्जना भएको थियो।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay