scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

बाग्लुङमा बागीलाई नेकपाको हेलिकप्टर, लगानी डुब्यो

बाग्लुङ, २४ कात्तिक । बाग्लुङमा नेकपाले बागी उम्मेदवारलाई गरेको लगानी डुबेको छ । आगामी मंसिर १४ गते बाग्लुङ ‘२ ख’ मा हुने उपनिर्वाचनमा नेकपाको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका शेरमान घर्तीको उम्मेदवारी फिर्ता गराउन नेकपाले हेलिकप्टरसम्मको प्रयोग गर्‍यो ।

तर, समय घर्किएपछि निर्वाचन कार्यालय पुग्दा उम्मेदवारी फिर्ता भने हुन सकेन । बाग्लुङमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रिय जनमोर्चालाई साथ दिएको छ । नेकपाले उम्मेदवार नउठाइ राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीलाई साझा उम्मेदवार बनाएको हो ।

पार्टीको उक्त निर्णयबाट असन्तुष्ट नेकपा बाग्लुङका नेता रहेका शेरमान घर्तीले पनि बागी उम्मेदवारी दर्ता गरेपछि नेकपामा समस्या चुलिएको हो ।

नेकपाकै स्थानीय नेताहरू दधिराम अर्याल प्रस्तावक र रिमबहादुर बिक समर्थक बसेपछि शेरमान बागी उम्मेदवार बनेपछि जनमोर्चाले पनि आपत्ति जनाइरहेको छ ।

शेरमानको बागी उम्मेदवारी फिर्ता गराउन नेकपाले प्रभूको हेलिकप्टर चढाएर सदरमुकाम ल्याएपछि उम्मेदवारी फिर्ता गर्न नभ्याइएको हो । उनलाई बागलुङको बुर्तिबाङको होटल दरबारबाट हेलिकोप्टरमा राखेर मुख्यनिर्वाचन अधिकृतको कार्यालय ल्याए पनि उनले उम्मेदवारी फिर्ता गरेनन् । आज दिउँसो १ बजेसम्म उम्मेवरी फिर्ताको समय थियो ।

घर्ती तत्कालीन माओवादीबाट २०७४ को स्थानीय तहको निर्वाचनमा ढोरपाटन नगरपालिकाको मेयरमा पराजित उम्मेदवारसमेत बनेका थिए नेकपा बाग्लुङका अध्यक्ष इन्द्रलाल सापकोटाले शेरमानलाई हेलिकोप्टरमा राखेर ल्या पनि समय घर्किसकेकोले फिर्ता गर्न नमिलेको स्वीकारे ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage