scheduleबिहिवार मंसिर २६ गते, २०७६
Bajaj
Global IME

अमलाको जुस सेवनले लिनुहोस् यी सोच्दै नसोचेको फाइदा

अमलामा भिटामिन सी पर्याप्तमा मात्रामा हुन्छ । यसको प्रयोग तपाईलाई निकै लाभदायक हुन्छ । अमलामा सुन्तलामा भन्दा २० गुणा बढी भिटामिन सी पाइन्छ । यसमा फाइबर, प्रोटिनका साथै अन्य भिटामिनहरु पनि हुन्छ ।

आयुर्वेद विज्ञानका अनुसार अमलाको जुस पिउनाले उमेर बढाउँछ । यसको रसमा मह मिसाएर पिएमा अस्थमाको असर कम हुनेछ । यसले रगतमा शुद्धपना ल्याउँछ । हामी तपाईलाई अमलाको जुस सेवनको फाइदाबारे जानकारी दिन्छौं ।

अमलाको जुस सेवनले तपाईको मुटुलाई स्वस्थ बनाउँछ त्यसका साथै यसको प्रयोगले रक्तचापलाई समेत सन्तुलनमा राख्ने काम गर्छ ।

यसले तपाईको पाचन प्रणालीलाई तन्दुरुस्त बनाउँछ । यसले तपाईको बजन घटाउन पनि महत्वपूर्ण भूमिका खेल्दछ ।
अमलाको जुसमा मह मिसाएर पिएमा डण्डिफोर समेत न्यूनिकरण गर्दछ ।

दिनमा दुई पटक अमलाको जुसलाई केराको साथमा खाएमा महिनावारी गडबडीको समस्या कम गराउँदछ ।

अमलाको जुसलाई बेसार र महको साथ सेवन गरेमा मधुमेहको बिरामीलाई फाइदा पुग्छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage