scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

हत्याको १७ वर्षपछि पक्राउ परे यी दुई अभियुक्त


काठमाडौं,२५ कात्तिक । १७ वर्षअघि धादिङमा भएको हत्या घटनासँग जोडिएका दुई अभियुक्तलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । २०५९ कात्तिक २९ गते धादिङ साबिक दार्खा गाबिस-२ हाल खनियाबास गाउँपालिका-३ बस्ने २४ वर्षीय पशुराम तामाङलाई धारिलो हतियार खुकरी र नाईन स्टिक प्रहार गरी हत्या गरी फरार रहेका दुईजनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धादिङ खनियाबास गाउँपालिका-३ बस्ने ४२ वर्षीय गोम लामा तामाङ र काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानी बस्ने धादिङ खनियाबास गाउँपालिका-३ घर भएका ३७ वर्षीय शुक लामा तामाङ रहेका छन् ।

केन्द्रीय अनुसन्धान व्यूरो महारागजंबाट खटिएको प्रहरीले गोम लामालाई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-१ गागलफेदी र शुक लामालाई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-१ बाबा चोक मुलपानीबाट फेला पारी पक्राउ गरेको हो ।

उनीहरुले पशुराम तामाङलाई पुरानो रिसईबी तथा युवतीको विषयलाई लिएर भएको बिबादमा धारिलो हतियार खकुरी तथा नाईन स्टिक समेत प्रहार गरी हत्या फरार भएका थिए ।

वारदात समयबाटै फरार रहेका गोम लामा तामाङ बैदेशिक रोजगारीको सिलसिलामा दुबई गई ३ वर्ष बसी फर्की आएपश्चात् गागलफेदीमा कृषि फर्म तथा घर जग्गाको व्यबसाय गर्दै आएका थिए । शुक लामा तामाङ कतार तथा मलेसिया समेतमा ६ वर्ष बसेर फर्की मुलपानीमा खाजा नास्ता पसल सञ्चालन गरी लुकुछिपी बस्दै आएको अनुसन्धानबाट खुल्न आएको ब्यूरोले जनाएको छ ।

पक्राउ परेका दुवैजनालाई आवश्यक कारवाहीको लागि आइतबार जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको प्रहरीले जनाएको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage