scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

आलम प्रकरण : अर्का सरकारी साक्षीले पनि बयान फेरे

रौतहट, २५ कात्तिक । नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको थुनछेक बहसका क्रममा अर्का सरकारी साक्षीले पनि बयान फेरेका छन् ।
बम विस्फोटका घाइते तेइसजनालाई जिउँदै जलाएर हत्या गरेको अभियोगमा  आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थालेका हुन् ।

बम विस्फोटको घटनाका एक प्रत्यक्षदर्शी तथा घाइते गौरीशंकर राम चमारले बयान फेरेका हुन् । सरकारी साक्षीका रुपमा रहेका चमारले बयान बयान फेर्दै आफु बमले नभई स्टोभ पड्केर घाइते भएको कागजात पेस गरेका छन्।

चमारले आफूलाई प्रहरीले शारीरिक र मानसिक यातना दिएर जबर्जस्ती बयान लिएको पनि जिकिर गरेका छन् ।

यसअघि विस्फोटपछि इँटा भट्टामा हालेर जिउँदै मारिएका ओसी अख्तर विदेशमा रहेको भन्दै उनकी पत्नी अमना खातुनले जिल्ला अदालत रौतहटमा निवेदन दिएकी थिइन्।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage