छातीमा इन्फेक्सन भएपछि अस्पताल भर्ना भइन् लता मंगेशकर
काठमाडौं, २५ कात्तिक । सुमधुर स्वरकी धनी चर्चित भारतीय गायिका लता मंगेशकरलाई अस्पताल भर्ना गरिएको छ । छातीमा इन्फेक्सन भएपछि उनलाई अस्पताल भर्ना गरिएको बीबीसीले खबर लेखेको छ ।
लता मंगेशकरको अवस्था गम्भीर बनेको र अस्पतालमा उपचार चलिरहेको भारतीय सञ्चार माध्यममा उल्लेख गरिएको छ । भारतीय सिनेमा जगतकी सर्वश्रेष्ठ गायिका मंगेशकरले भारत रतन र दादा साहब फाल्के जस्ता सम्मानबाट सम्मानित छिन् ।
स्वास फेर्न समस्या भएपछि ९० वर्षीया लतालाई मुम्बइको ब्रिज क्यान्डी अस्पताल पुर्याइएको पारिवारिक स्रोतले पनि पुष्टि गरेको खबर भारतीय सञ्चार माध्यमले लेखेका छन् ।