scheduleबिहिवार मंसिर २६ गते, २०७६
Bajaj
Global IME

‘म्यानचेस्टर सिटी हार मान्ने टिम होइन, अवश्य कमव्याक गर्छ’

काठमाडौँ, २६ कात्तिक । गएको सिजन प्रिमियर लिग उपाधि जित्न निकै संघर्ष गरेको क्लब म्यानचेस्टर सिटीले यस सिजन खासै गतिलो खेल प्रदर्शन गर्न नसकिरहेको आरोप लाग्दै आइरहेको छ ।

तर, गएको सिजन ७ अंकले पछि परे पनि सानदार कमव्याक गरेको म्यानसिटीले लिभरपुललाई पछि पार्दै प्रिमियर लिग उपाधि जितेको कुरा कसैले बिर्सन नहुने पुर्व म्यानसिटी खेलाडी याया टउरेले बताएका छन् ।

उनले भनेका छन्, ‘यस सिजन लिभरपुलले म्यानसिटीभन्दा ९ अंकको दुरी बनाएको छ । तर, प्रिमियर लिगमा के हुन्छ भन्न सकिदैन । मलाई विश्वास छ म्यानसिटीले कमव्याक अवश्य गर्छ ।’

उनले थप्दै भनेका छन्, ‘प्रशिक्षक पेप ग्वार्डीवाला र खेलाडीको कौशलप्रति मेरो पुर्ण विश्वास छ । यस सिजन लिभरपुल उच्च फर्ममा रहेको छ । तर, डिसेम्रबमा हुने खेलले विशेष महत्व राख्छ ।’

यस सिजन लिभरपुलले १२ खेलमा ३४ अंक बटुल्दै लिगको शिर्षस्थानमा रहेको छ । म्यानसिटी २५ अंकका साथ लिगको चौथो स्थानमा रहेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage