scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

शाहरुख खानले फिल्म पाउनै छोडे

काठमाडौँ, २६ कात्तिक । बलिउडका चर्चित अभिनेता हुन् शाहरुख खान ।

उनले अभिनय गरेका फिल्महरु एकपछि अर्को गर्दै फ्लप भएपछि निर्देशक तथा निर्माताहरु उनीसँग फिल्म गर्न डराएका छन् । बलिउडमा उनको स्टारडम विस्तारै संकटमा परेको फिल्म समिक्षकहरुले बताउँछन् ।

उनले पछिल्लो समय अभिनय गरेको फिल्म जिरो फ्लप भएको थियो ।

यस फिल्मपछि उनीसँग काम गर्न निर्माताहरु झन् डराएको बताइन्छ । त्यस्तै दक्षिण भारतीय फिल्मका निर्माता तथा निर्देशकहरुसँग उनले कुराकानी गरिरहेको कुरा आएपनि उनले हालसम्म पनि फिल्म पाउन सकेका छैनन् ।

कुनै समय बलिउडका बादशाह मानिएका खान अब भने फिल्मको लागि यताउता भौतारिन थालिएको बताइएको छ । उता अक्षय कुमार र सलमान खानले बक्स अफिसमा तहल्का मच्चाइरहेका छन् ।

के शाहरुख खानको बलिउड करियर धरापमा नै परेको हो त भन्ने चर्चा पनि चल्न थालिसकेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage