scheduleआइतवार मंसिर २९ गते, २०७६
Bajaj
Global IME

तेलचित्रमा आधारित बुद्धको वृत्तचित्र र चलचित्र बनाइने

काठमाडौँ, २६ कात्तिक । चीनको मुन भच्र्यु कल्चर मिडिया कम्पनीले गौतमबुद्धको तेलचित्र (ओइल पेन्टिङ) बनाई सोही कथामा आधारित वृत्तचित्र र चलचित्र निर्माण गर्ने भएको छ ।

नेपाल भ्रमणका क्रममा रहेका उक्त कम्पनीका प्रतिनिधिले नेपाल र चीनबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउन सो योजना बनाइएको जनाएका छन् । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका कार्यकारी प्रमुख हु जिझोङले नेपाल र चीनको ऐतिहासिक सम्बन्ध झल्काउने गरी चलचित्र बनाउन लागिएको बताए ।

उनले भने, “हामी दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई सहयोग पुग्ने गरी दुई सुन्दर चित्र बनाउनेछौँ ।” राजकुमार सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्नुअघिकोे शारीरिक बनावटको झल्को दिने गरी वास्तविक तेलचित्र बनाएर प्रस्तुत गर्ने कम्पनीले जनाएको छ । चित्र बनाइसकेपछि नेपाल सरकारलाई उपहारस्वरुप दिने प्रमुख हुले जानकारी दिए ।

चीनका चित्रकार वाङ मिङले लुम्बिनीमा उक्त चित्र बनाउने बताउनुभयो । वृत्तचित्र आगामी मार्च महिनाबाट छायाङ्कन शुरु हुने उनले बताए । निर्माण भइसकेपछि नेपाल, चीनलगायत अन्य देशमा हुने चलचित्र महोत्सवमा प्रदर्शन गरिने उनको भनाइ छ । वृतचित्रको प्रदर्शनपछि सोही तेलचित्र चोरिएको विषयलाई लिएर ठूलो पर्दाको चलचित्र बनाउने कम्पनीको योजना छ । उक्त चलचित्रमा नेपालका तर्फबाट अभिनेता रेश मरहठ्ठालाई मुख्य भूमिकामा अनुबन्ध गरिएको हुले जानकारी दिए।

उनले भने, “मुख्य भूमिकामा रेशलाई खेलाउने सहमति भएको छ, अर्को महिना बेइजिङमा हाम्रो औपचारिक सम्झौता हुनेछ ।” अभिनेता रेशले आफू यसरी नेपालबाट चीनले बनाउने फिल्ममा छनोट हुन पाउँदा गर्व लागेको बताए । चलचित्रमा छनोट हुनु भनेको नेपाल र नेपालीको सम्मानको विषय भएको उनको भनाइ छ ।

काठमाडौँ, २६ कात्तिक । बलिउडका चर्चित अभिनेता हुन् शाहरुख खान । उनले अभिनय गरेका फिल्महरु एकपछि अर्को गर्दै फ्लप भएपछि निर्देशक तथा निर्माताहरु उनीसँग फिल्म गर्न डराएका छन् । बलिउडमा उनको स्टारडम विस्तारै संकटमा परेको फिल्म समिक्षकहरुले बताउँछन् । उनले पछिल्लो समय अभिनय गरेको फिल्म जिरो फ्लप भएको थियो । यस फिल्मपछि उनीसँग काम गर्न निर्माताहरु झन् डराएको बताइन्छ । त्यस्तै दक्षिण भारतीय फिल्मका निर्माता तथा निर्देशकहरुसँग उनले कुराकानी गरिरहेको कुरा आएपनि उनले हालसम्म पनि फिल्म पाउन सकेका छैनन् । कुनै समय बलिउडका बादशाह मानिएका खान अब भने फिल्मको लागि यताउता भौतारिन थालिएको बताइएको छ । उता अक्षय कुमार र सलमान खानले बक्स अफिसमा तहल्का मच्चाइरहेका छन् । के शाहरुख खानको बलिउड करियर धरापमा नै परेको हो त भन्ने चर्चा पनि चल्न थालिसकेको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage