scheduleबुधवार आषाढ़ २४ गते, २०७७

चीनमा प्रसंशनीय खोज प्रशिक्षणमा जम्दै लामिछाने


काठमाडौं, २६ कात्तिक । तालिम प्रशिक्षण भन्नासाथ विदेशी प्रशिक्षकको कुरा धेरै हुनेगर्छ नेपालमा । तर, नेपालका एक प्रशिक्षक चिनियाँ नागरिकलाई सकारात्मक व्यवसाय प्रवर्द्धनका लागि प्रशंसनीय खोज प्रशिक्षण दिन व्यस्त छन् ।

उनी हुन् प्रशंसनीय खोज विधिका नेपाली विज्ञ डा.रामचन्द्र लामिछाने । ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साइन्सका संस्थापक प्रमुख कार्यकारी डा.लामिछानेले विगत ५ वर्षदेखि चीनका विभिन्न विश्वविद्यालय तथा व्यावसायिक प्रतिष्ठानहरुमा तालिम सहजीकरण गर्दै आएका छन् ।

विगत केही वर्षदेखि व्यवसाय प्रवर्धन, पारिवारीक सम्बन्ध सुदृढिकरण, सकारात्मक नेतृत्व विकास तथा शैक्षिक संस्थाहरुको व्यवस्थापन सुदृढीकरण सम्वन्धी विषयहरुमा चीनमा प्रशंसनीय खोजविधी निकै लोकप्रिय भईरहेको उनले बताए ।

‘कुनै पनि व्यवसायले राज्यका सम्पूर्ण नियम कानूनहरु तथा सामाजिक उत्तरदायित्वहरुको परिपूर्ति गर्दै खुद मुनाफा कमाउनुलाई सकारात्मक व्यवसाय भनिन्छ,’ प्रशिक्षक लामिछाने भन्छन्, ‘व्यवसायलाई सकारात्मक बनाएर व्यापारी, उपभोक्ता र समाज सबैलाई फाइदा हुनेगरी व्यवसायलाई प्रवर्द्धन गर्न विभिन्न व्यवसायमा संलग्न व्यावसायी, प्राज्ञिक तथा अनुसन्धानकर्ताहरुको चिनमा प्रशिक्षण चलाउँदै आइरहेको छु ।’

प्रशिक्षणका लागि पटकपटक चीन पुगेका लामिछाने यसपटक पनि नोभेम्वर १४ देखि १६ सम्म चीनको व्यपारीक शहर गोन्जाउमा सकारात्मक व्यवसाय प्रवर्द्धनका लागि प्रशंसनीय खोज विधिको तालिम सञ्चालनका लागि चीन उड्दैछन् । तीन दिनसम्म करिब १५०० जनाको सहभागिता रहने उक्त तालिमको सहजीकरण गर्ने उनले जानकारी दिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय