scheduleमगलवार आश्विन ५ गते, २०७८

जापानले नेपाली कामदारलाई कृषि क्षेत्रमा पनि लैजाने

काठमाडाैं, २६ कात्तिक । जापानले नेपाली कामदारलाई कृषि क्षेत्रमा लैजाने आन्तरिक तयारी सुरु गरेको छ । यसअघि नर्सिङ क्षेत्रमा मात्रै कामदार लिने निर्णय गरेको जापानले कृषि क्षेत्रमा पनि लैजाने तयारी गरेको जनाएको हो ।

नेपालका लागि जापनिज राजदूत मासामिची साइगोले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग छलफल गर्ने क्रमम यस्तो जानकारी गराएका हुन् । १४ वटा क्षेत्रमा विदेशी कामदार लैजाने नीति लिएको जापानले कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजान सकिने राजदूत साइगोले मन्त्री बिष्ट समक्ष बताए ।

उनले कृषि क्षेत्रका लागि छुट्टै सीप परिक्षण र भाषा पनि चाहिने जानकारी गराए । मन्त्री विष्टले जापानको आवश्यता अनुसार भाषा परीक्षण र सीप परीक्षण गर्न सकिने बताए । जापानले पहिलो चरणमा नर्सिङ क्षेत्रका लागि भाषा परीक्षा भइरहेको राजदूतले जानकारी दिए ।

नेपाल र जापानबीच श्रम समझदारीमा हस्ताक्षर भएपछि श्रम भिसामा नेपाली कामदार लैजाने प्रक्रिया अगाडि बढेको छ । पहिलो चरणमा नर्सिङ क्षेत्रमा कामदार लैजान भाषा र सीप परीक्षण भइरहेको छ । यो दुवै परीक्षामा उत्तिर्ण हुने प्रशिक्षार्थीलाई रोजगारदाताले चयन गर्ने जापानले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय