scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

अस्ट्रेलियाको दुई राज्यमा सङ्कटकाल घोषणा

एजेन्सी, २६ कात्तिक । अस्ट्रेलियाको पूर्वी क्षेत्रमा लागेको डढेलोका कारण घना बस्ती क्षेत्रमा खतरा उत्पन्न भएपछि दुईवटा राज्यहरूले सङ्कटकाल घोषणा गरेका छन् ।

मौसमको खतरनाक अवस्थाका कारण तीन दिनभित्र न्यू साउथ वेल्स र क्वीन्सल्यान्डमा कम्तीमा तीनजनाको ज्यान गएको छ भने हज्जारौँ विस्थापित भएका छन् ।

अधिकारीहरूले देशको सबैभन्दा ठूलो सहर सिड्नीमा एकदमै खराब खालको खतरा आउनसक्ने बताएका छन् । ती दुई राज्यहरूका एक सय २० भन्दा बढी स्थानमा ठूला झाडीहरूमा डढेलो लागेको छ ।

आगलागीका कारण न्यू साउथ वेल्समा ९ लाख ७० हजार हेक्टर भूमि प्रभावित भएको छ भने एक सय ५० घरहरू नष्ट भएका छन् । क्वीन्सल्यान्डमा ९ वटा घरहरू नष्ट भएको बताइएको छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage