scheduleसोमवार मंसिर ३० गते, २०७६
Bajaj
Dish Home
Global IME

मन्त्रिपरिषद् हेरफेर गर्न समाजवादीको बैठक कुर्दै प्रधानमन्त्री

काठमाडौं, २६ कात्तिक । मन्त्रिपरिषद् हेरफेर गर्ने लामो तयारीपछि पनि प्रधानमन्त्री केपी ओली यसरबारे केही बोलिरहेका छैनन् । सोमबार बसेको नेकपाको सचिवालय बैठकमा पनि यसबारे खुलेर छलफल भएन ।

व्यापक तयारी र अध्यक्षद्वय ओली र प्रचण्डबीचको छलफल पनि मन्त्रिपरिषद् हेरफेरको निर्णय हुन सकेको छैन । यसको पछाडिको प्रमुख कारण बनेको छ- उपेन्द्र नेतृत्वको समाजवादी पार्टी ।

समाजवादी पार्टीले कात्तिक २७, २८ र २९ गते पार्टीको केन्द्रीय निकायहरुको बैठक बोलाएको छ । बैठकले पार्टीको सरकारमा सहभागिताको भविष्य र राजपासँग पार्टी एकताबारे निर्णय गर्नेछ ।

खासगरी समाजवादीका अध्यक्ष उपेन्द्र यादव सरकार छाड्ने पक्षमा छैनन् । उनी सरकारलाई संविधान संशोधन गर्न निश्चित समय अल्टिमेटम दिने र संविधान संशोधनको प्रक्रिया अगाडि नबढे सरकार छाड्ने अडानमा छन् । पार्टीभित्र शक्तिशाली केन्द्रीय समितिको नेतृत्व गर्दै कार्यकारी अध्यक्ष बनेका यादव सरकार छाड्नुपर्ने दुईतिहाई केन्द्रीय सदस्यको मत भए पनि टसनमसको अवस्थामा रहेका छन् । यसले राजपासँगको एकता प्रक्रिया पनि प्रभावित भइरहेको समाजवादीकै नेताहरुको बुझाई छ ।

यता प्रधानमन्त्री केपी ओलीले स्पष्टरुपमा ‘म संविधान संशोधनको पक्षमा छैन, सरकारमै बसेको सरकारको विरोध गर्ने अधिकार तपाईंलाई छैन, तत्काल सरकार छाडिहाल्नुस्’ भनी सकेको समाचार सार्वजनिक भइरहेका छन् । कतिपय सञ्चारमाध्यममा गौर हत्याकाण्डसँग जोडेर आफूलाई जेल पठाउनसक्ने सम्भावनाले डराउँदै उपेन्द्र सरकारमै बसिरहेको तर्कसहितका समाचार सार्वजनिक भइरहेका छन् । यद्यपि, सरकारले चाहेका उपेन्द्र यादव सरकारमा हुनु र नहुनले कारबाहीमा अवरोध आउने कुरा प्रभावित नहुने नेकपाका एक नेता बताउँछन् ।

ओलीको सचिवालय भने कात्तिक ३० गतेसम्म समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गर्ने र लगत्तै मन्त्रिपरिषद् फेरबदल गर्ने तयारीमा रहेको बालुवाटार स्रोतले बताएको छ ।

यसरी हुँदैछ मन्त्रिमण्डल हेरफेर
ओलीले हाल मन्त्रिमण्डलमा रहेका ९ जना मन्त्री हटाउने तयारी गरेको नेकपा स्रोतले बताएको छ । सामूहिक राजीनामा दिन लगाउने कि केहीलाई मात्र हट्न लगाउने भन्ने दुवै विकल्प खुला राखेर छलफल अघि बढिरहेको छ । केही मन्त्रीहरुले सामूहिक राजीनामा गर्नुपरे आफूहरु फिर्ता नआउने बताएपछि यो विकल्पको सम्भावना साँघुरिएको छ ।

स्वभाविकरुपमा ९ जना बाहिरिएपछि ९ जना नै नयाँ मन्त्रीले सिंहदरबार पस्न पाउनेछन् ।

ओली निकट स्रोतका अनुसार उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमी व्यवस्थामन्त्री पद्मा अर्याल, श्रममन्त्री गोकर्ण विष्ट, खेलकुदमन्त्री जगत विश्वकर्मा, महिला तथा बालबालिकामन्त्री थममाया थापा, खानेपानीमन्त्री बिना मगर, अर्थमन्त्री युवराज खतिवडा र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई बिदा गर्ने प्रधानमन्त्री कार्यालयको तयारी छ ।

पुराना केही मन्त्रिहरुको भने मन्त्रालय मात्र हेरफेर हुनसक्छ । मन्त्रीको रुपमा निरन्तरता पाउनेहरुमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई, कानुनमन्त्री भानुभक्त ढकाल, गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र वनमन्त्री शक्ति बस्नेत रहनेछन् ।

यद्यपि, यो सूचिमा अन्तिम समयसम्म केही फेरबदल हुनसक्ने सम्भावना रहेको छ ।

नयाँ अनुहारमा नेकपा महासचिव विष्णु पौडेल एक हुन् । उनलाई युवराज खतिवडाको स्थानमा अर्थमन्त्री दिने ओलीको तयारीछ । घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, पार्वत गुरुङ र शिवमाया तुम्बाहाम्फे पूर्वएमालेबाट मन्त्री बन्ने सूचीमा छन् ।

पूर्वमाओवादीबाट मन्त्री बन्ने सूचीमा अग्नि सापकोटा, लेखराज भट्ट, पम्फा भुसाल, रामेश्वर राय यादव, देवेन्द्र पौडेल रहेका छन् ।

सम्भव भएसम्म ओलीले एकैपटक मुख्यमन्त्रीमा पनि हेरफेर गर्ने सम्भावना रहेको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल प्रदेशबाट संघमा फर्कन चाहन्छन् । उनले अर्थमन्त्रीको दावी गरे पनि राजनीतिक सल्लाहकार वा अन्य कुनै महत्वपूर्ण मन्त्रालय पाउने सम्भावना रहेको छ ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रहेका विष्णु रिमाललाई भने मन्त्री वा राजदूत बनाउने गरी ओलीले सोचिरहेको उनी निकट नेता बताउँछन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage