अत्यधिक रक्तश्रावका कारण सुत्केरीको ज्यान गयो
म्याग्दी, २६ कात्तिक । धौलागिरी गाउँपालिका २ लुलाङ गाउँमा एक जना सुत्केरीको ज्यान भएको छ।
अत्यधिक रक्तश्रावका कारण ३० वर्षीया सतीकला विकको मृत्यु भएको हो। सोमबार राति स्वास्थ्य चौकीमा सतीकलाले बच्चा जन्माएकी थिइन् । अवस्था सामान्य भएपछि उनलाई मंगलबार बिहान घर लगिएको थियो । सतीकलालाई अत्यधिक रक्तश्राव भएको थियो ।
तर रक्तश्रावले बेहोस भएपछि सतीकलालाई पुनः स्वास्थ्य चौकी ल्याइएको थियो ।
स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि हेलिकोप्टरबाट पोखरा लैजाने प्रयास गर्दागर्दै मंगलबार दिउँसो सतीकलाको ज्यान गएको हो ।सतीकलाले जन्माएका शिशुकोअवस्था भने सामान्य छ।
पोखराबाट हेलिकप्टर उड्नै लाग्दा उनको मृत्य भएको थियो । सतीकलाले सोमबार चौथो सन्तान जन्माएकी हुन्।