scheduleसोमवार मंसिर ३० गते, २०७६
Bajaj
Dish Home
Global IME

अघोरी बाबाकी श्रीमति ५ दिनसम्म हिरासतमै रहने

काठमाडौं, २६ कात्तिक । ‘अघोर बाबा’ भनेर चिनिने विजय केसीकी श्रीमती शारदा पाण्डे ५ दिन हिरासतमा रहने भएकी छिन् ।

प्रहरीले पाण्डेलाई ठगी गरेको आरोपमा सोमबार पक्राउ गरेको थियो । उनलाई मंगलबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको थियो । ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।

शारदा पाण्डेमाथि चितवनकी एक महिलालाई विदेश लगिदिन्छु भनी ठगी गरेको आरोप लागेको छ ।

पाण्डेले पछिल्लो समयमा ‘अघोरी बाबा’सँग बिहे गरेको भन्दै यूट्यूबमा अन्तरवार्ता दिँदै आएकी थिइन् । उनीहरुको बिहे भएको भनेर लिइएको अन्तरवार्ताको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage