scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

‘बार्सिलोनाले मबाट बल खोसेको छ’

काठमाडौँ, २७ कात्तिक । सन् २०१४ मा बार्सिलोनामा अनुबन्ध भएपछि इभान राकिटिकले लगातार पहिलो रोजाइका खेलाडी थिए ।

सन् यस सिजन उनीमाथि बार्सिलोना प्रशिक्षक भलभरडेल विश्वास गरेनन् । बेन्चमा मात्र सिमित राखेपछि राकिटिकले आफ्नो दुःख पोखेका छन् ।

उनले भनेका छन्,’बार्सिलोनाले मबाट बल खोसेको छ । मेरी छोरीको खेलौना कसैले खोस्दा कति पिडा हुन्छ, हो त्यस्तै पिडा मैले भोगिरहेको छु ।’

उनलाई पिएसजी जान दिइने र नेयमारलाई बार्सिलोना फर्काउने निर्णय पनि भएको खबर बाहिर आएको थियो । तर, यसबारे आधिकारिक निर्णय हुन पाएन । राकिटिक यही अवस्था रहे विकल्प खोज्न बाध्य हुने बताएका छन् ।

उनले भनेका छन्, ‘मैले क्लबको निर्णयको सम्मान गर्नुपर्छ ।’

तर, आफु उमेरले पनि उच्च फर्ममा रहेको बताएका छन् । आफु बल्ल ३१ वर्षको भएको र ३८ बर्षको खेलाडी झै व्यवहार गरिएको उनले बताए ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage