scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

मृगौला बेचबिखन काण्डः अस्पतालका सिईओसहित ५ जना जेल चलान

काठमाडौं, २७ कात्तिक । ललितपुरस्थित निदान अस्पतालका कार्यकारी अधिकृत (सिईओ)सहित पाँच जनालाई कारागार चलान गरिएको छ ।

काठमाडौं जिल्ला अदालतले अस्पतालका सिइओ विपेन्द्र प्रधान, कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत रामचन्द्र आलेलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

प्रहरीको मानव बेचबिखन अपराध अनुसन्धान व्यूरोले मृगौला किनबेच गरेको आरोपमा अस्पतालका प्रमुख कार्यकारी अधिकृतसहित ५ जनालाई असोज २९ गते पक्राउ गरेको थियो ।

नक्कली भान्जा बनाएर मृगौला प्रत्यारोपण गरेको अभियोगमा पाँचै जना पक्राउ परेका थिए । मृगौला तस्कर र निदान अस्पतालका केही चिकित्सकको मिलेमतोमा परिवारभन्दा बाहिरका अर्कै व्यक्तिको मृगौला झिकिएको थियो ।

नातेदारभन्दा बाहिरका व्यक्तिको मृगौला प्रत्यारोपण गर्नु गैरकानुनी मानिन्छ ।

यो पनिः
मृगौला किनबेच गरेको आरोपमा अस्पतालका सिईओसहित ५ पक्राउ

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage