scheduleबिहिवारफाल्गुन २० गते, २०७७

मन्त्री अर्याल भन्छिन्- ‘लिपुलेक र कालापानी नेपालको नक्सामा राखिसकियो’

काठमाडौं, २७ कात्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले लिपुलेक र कालापानी नेपालको नक्सामा राखिसकिएको दाबी गरेकी छन् ।

मन्त्री अर्यालले विरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै सरकारले लिपुलेक र कालापानीलाई राष्ट्रिय नक्सामा राखिसकेको बताएकी हुन् । लिम्पियाधुराबारे प्रमाण जुटाउने काम भइरहेको उनको भनाइ थियो ।

‘;सरकारले लिम्पियाधुराको सवालमा प्रमाणहरु जुटाउँदै गरेको छ, लिपुलेख र कालापानी नेपालको नक्सामा नै राखिसकियो’, मन्त्री अर्यालले भनिन्, ‘‘सरकारले लिपुलेख, कालापानी र लिम्पियाधुरा लगायतको नेपाली भूमि जोगाउन कुनै कसर बाँकी राख्दैन ।’

त्यस्तै मन्त्री अर्यालले सीमा नक्सा दुई देशको सहमतिमा बन्नुपर्ने बताएकी छन् ।

लोकतन्त्रको प्राप्तिसँगै जनताको अभिमतबाट आएको दुईतिहाईको सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा लिएर अगाडि बढिरहेको समेत अर्यालले बताइन् । तर सरकारले गरेका राम्रा कामको भने सही प्रचार हुन नसकोको उनको गुनासो थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay