scheduleआइतवार मंसिर २२ गते, २०७६
Bajaj
Global IME

हङकङमा कानुनी शासन पूर्ण रूपमा ध्वस्त हुने सङ्घारमा

एजेन्सी, २७  कात्तिक ।   हङकङमा पाँच महिनाभन्दा लामो प्रदर्शनपछि हङकङको कानुनी शासन पूर्ण रूपमा ध्वस्त हुने सङ्घारमा धकेलिएको चेतावनी त्यहाँको प्रहरी प्रशासनले दिएको छ ।

विगतमा प्रदर्शनहरू सप्ताहिक रुपमा हुने भएपनि अहिले भने दिनदिनै प्रदर्शन हुन थालेपछि अधिकारीहरुले यस्तो बताएका हुन् । प्रहरीले एकजना प्रदर्शनकारीलाई गोली हानेपछि उक्त चेतावनी स्पष्ट रूपमा आएको बीबीसीले जनाएको छ । सरकार विरोधी प्रदर्शनकारीले एकजना बेइजिङ समर्थकलाई आगो लगाइदिएका थिए ।

हिजो पनि हङकङका विश्वविद्यालयहरू र मुख्य व्यापारिक केन्द्रमा प्रदर्शनकारीहरूको प्रहरीसँग भिडन्त भएको थियो । चीन समक्ष सुपुर्दगी गर्न अनुमति दिने एउटा विधेयकको विरोधमा पाँच महिनाबाट प्रदर्शन सुरु भएको हो । उक्त विधेयक अहिले फिर्ता लिइसकिएको भएपनि विरोधहरू बृहत् प्रदर्शनमा बदलिएको छ । जसमा अभियानकर्मीहरूले हङकङ प्रहरीलाई उत्तरदायी बनाइनुपर्ने भन्दै थप प्रजातान्त्रिक अधिकारको माग गरिरहेका छन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage