scheduleआइतवार मंसिर २२ गते, २०७६
Bajaj
Global IME

सर्वसाधारण प्यालेस्टिनीमाथि इजरायली सेनाको दादागिरी, मानवबस्तीमा अन्धाधुन्ध बमवर्षा

एजेन्सी, २७ कात्तिक । प्यालेस्टाइनको गाजा शहरमा इजरायलले मंगलबार गरेको हवाइ हमलामा परी कम्तिमा पनि १० जनाले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा एकजना जिहाजी कमाण्डर समेत रहेको समाचार माध्यमले जनाएका छन् ।

इजरायलको सेनाले प्यालेष्टिनी इस्लामिक जिहादी लडाकू समूहका नेताको घरमा मंगलबार बिहानै हमला गरेको थियो । इजरायली हमलामा परी उक्त समूहका कमाण्डर बहा अबु अल–अताको मृत्यु भएको थियो ।

हवाइ हमलामा अल–अताकी पत्नी समेत मारिएको इजरायलले बताएको छ । जिहादी कमाण्डर र उनीकी श्रीमति मारिएपछि लडाकु समूहले इजरायलमा १५० भन्दा रकेट हमला गरेका थिए ।

जिहादी लडाकुले लगातार रकेट हमला गरेपछि इजरायली सेनाले गाजा शहरमा पुनः हवाइ हमला गरेको थियो । हमलामा परी कम्तिमा पनि ८ जना सर्वसाधारणणको ज्यान गएको छ ।

इजरायलले घना मानवबस्तीमा अन्धाधुन्द बमवर्षा गरेको भन्दै चर्को आलोचना भइरहेको छ । तर इजरायली सेनाले लडाकु समूहलाई लक्षित गरी उक्त हमला गरिएको दाबी गरेको छ ।

सर्वसाधारणणलाई लक्षित गरी इजरायलयले हमला गरेपछि गाजा शहरका शैक्षिक संस्था बन्द गरिएका छन् ।

प्यालेस्टाइनका लडाकु समूहले प्रमुख जिहादी कमाण्डरका हत्यारालाई नछोड्ने चेतावनी समेत दिएका छन् । जिहादी र इजरायली सेनाबीचको विवादले प्यालेस्टाइन र इजरायलबीच पुनः युद्ध सुरु हुन सक्ने चिन्ता व्यक्त हुन थालेको छ ।

जिहादी र इजरायलबीच पुनः युद्ध चर्केमा सर्वसाधारण चेपुवामा पर्ने भन्दै यस्तो चिन्ता भएको हो ।

यो पनिः
इजरायली आक्रमणमा प्यालेष्टिनी जिहादी कमाण्डरको मृत्यु, श्रीमती पनि मारिइन्

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage