धारिलो हतियारले हानेर सौताको हत्या
सर्लाही, २७ कात्तिक । सर्लाहीको चक्रघट्टामा मङ्गलबार राती एक महिलाले अर्को महिलाको हत्या गरेकी छिन् । घरायसी झगडाको निहुँमा धारिलो हतियार प्रहार गरी आफ्नै सौताको हत्या गरेकी हुन् ।
चक्रघट्टा गाउँपालिका–४, का शेख बलालकी जेठी श्रीमती कोरैसा खातुनले आफ्नै सौता खुर्सिदा खातुनको हत्या गरेकी हुन् । धारिलो हतियारले हत्या गरी झोलामा हालेर फाल्न लागेको अवस्थामा मृतक खुर्सिदाको शव बरामद भएको प्रहरीले जनाएको छ ।
कोरैसा र खुर्सिदाबीच पटक–पटक झगडा हुने गरेको छिमेकी बताउछन् । उनीहरुका श्रीमान शेख बलाल तीन/चार दिन अघिमात्रै वैदेशिक रोजगारीमा गएका छन् ।