scheduleआइतवार मंसिर २२ गते, २०७६
Bajaj
Global IME

काबुलमा विस्फोट, ७ जनाको मृत्यु

काबुल, २७ कात्तिक । अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार बुधबार बिहान ७:२५ मा सो विस्फोट भएको थियो । यस विस्फोटमा अन्य ७ जना सख्त घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नसरात राहिमीले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

शक्तिशाली विस्फोटन भएको नजिकै रहेका भवनहरु, केही पसल र सवारी साधनमा क्षति पुगेको जनाइएको छ ।

गृह मन्त्रालयको पछाडि रहेको एक सडकमा दौडिरहेका सशस्त्र फौजको जीप लक्षित आत्मघाती कार बम आक्रमण भएको प्रत्यक्षदर्शी अब्दुल शाहले बताएका छन् ।

बम विस्फोट गरिएको सो इलाकालाई सुरक्षा फौजले घेरा हालेर खोजतलास सुरु गरिएको छ । उक्त आक्रमणको हालसम्म कुनैपनि समूहले जिम्मा लिएको छैनन् । सिन्ह्वा

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage