scheduleमगलवार कार्तिक ४ गते, २०७७

निर्माण व्यवसायीहरुले सरकारसँग राखे यस्तो माग

फाइल फोटो

काठमाडाैं, २७ कात्तिक । नेपाल निर्माण व्यवसायी महासंघले खानेपानी, ढल र विद्युतको पोल र सडक निर्माणको काम एकैसाथ हुने गरी टेन्डर आह्वान गर्न सरकारसँग माग गरेको छ ।

महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंको खानेपानी, ढल, विद्युतको पोलको निर्माण कार्य एकैसाथ नहुँदा काठमाडौंको सडकको निर्माण कार्य दीगो हुन नसकेको पनि स्पष्ट पारेको छ ।

महासंघका अध्यक्ष रवि सिंहले खानेपानी, ढल र विद्युतको पोलका कारण सडक निर्माणको काम दीगो हुन नसकेको उल्लेख गर्दै त्यसलाई व्यवस्थित बनाउन एकैसाथ निर्माण कार्य पूरा हुने गरी टेन्डर आह्वान प्रक्रिया सुरु गर्ने व्यवस्था गर्न सरकारसँग माग गर्नु परेको पनि स्पष्ट पारे । उनले खानेपानीको पाईप र ढलको गुणस्तर नहुदा सडकमा पिँच गर्न समस्या हुने गरेको पनि पटकपटक दोहोर्‍याए ।

महासंघले सार्वजनिक खरिद नियमावली तत्काल संशोधन गरी निर्माण व्यवसायमैत्री बनाउन पनि सरकारलाई दवाव दिँदै आएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay