scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

बालुवाटार बोलाएर ओलीले माधवलाई भने- अब मिलाउँछु


काठमाडौं, २७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटार बोलाएका भेटेका छन् ।

नेपालसँग ओलीले बालुवाटारमा एक्लै झण्डै तीन घण्टा बिताए । झण्डै तीन महिनादेखिको चिसो सम्बन्धलाई क्रमभंग गर्दै ओलीले नेपालाई भावी दिनमा विगतको जस्तो व्यवहार नगर्ने भन्दै आश्वस्त बनाउन प्रयास गरेको बालुवाटार स्रोतले बताएको छ ।

भदौ पहिलो हप्ता बसेको पार्टी बैठकमा दुई नेताबीच भनाभन भएपछि मतैक्यता बढेको थियो । रुष्ट बनेका ओलीले त्यतिबेला नेता नेपालको शुभकामनासमेत नचाहिने भन्दै रोष प्रकट गरेका थिए ।

भदौ पहिलो सातादेखि चिसिएको सम्बन्धलाई क्रमभंग गर्दै ओलीले पार्टी राजनीति, सीमा विवाद र सरकार पुनर्गठनबारे खुलेर कुरा गरेको नेपालनिकट एक नेताले जानकारी दिए ।

प्रधानमन्त्रीले सल्लाहकार टिम परिवर्तन गर्न लागेको र मन्त्रिमण्डलमा पनि सहमतिको आधारमा प्रतिनिधित्व गराउने भन्दै नेपाललाई आश्वस्त बनाउन प्रयास गरेका थिए । प्रधानमन्त्री ओलीले विगतमा सहमतिमा आउन नसकेकोमा एकप्रकारको याचना गर्दै भावी दिनमा इतिहास नदोहोरिए बताएका थिए ।
भेटमा नेता नेपालले आफू सहकार्यको लागि तयार रहेको र गलत अभ्यासको आलोचना गर्न नछाड्ने बताएको उनीनिकट एक नेताले जानकारी दिए ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage